दफा ४७
विभागीय सजाय
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम गरेमा सशस्त्र वन रक्षकलाई देहाय बमोजिमको विभागीय सजाय गर्न सकिनेछः-

(क) सामान्य सजाय :

(१) नसिहत दिने,

(२) चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने,

(३) बढीमा पाँच तलबवृद्धि रोक्का गर्ने,

(४) बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने,

(५) खाइपाइ आएको बढीमा पाँच तलबवृद्धि घटुवा गर्ने,

(६) हालको: पदमा ज्येष्ठता सहित खाइपाइ आएको सुरु स्केलमा घटुवा गर्ने।

(ख) विशेष सजाय :

(१) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने,

(२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने।

(२) उपदफा (१) बमोजिम विभागीय सजाय हुने अवस्था, प्रक्रिया तथा

पुनरावेदन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।